कोरोनाको हल्लाले मच्चाएको आतंक

0
Shares

न्युज अफ नेपाल,ललितपुर ।

कोरोना भाईरस संक्रमित भनिएका ललितपुर लुभुका अशोक महर्जनको रिपोर्ट कोरोना नेगेटिभ देखिएको छ । सामाजिक दबाब ठेग्न नसकेर महर्जनले राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विहीबार स्वास्थ्य परीक्षण गराउनुभएको थियो ।महर्जनको रिपोर्ट कोरोना नेगेटिव आएसंगै महर्जन र उहाँका परिवारले आठ दिनदेखि झेलिरहेको मानसिक तनावबाट छुटकारा पाएका छन् ।

महर्जन बुटवलबाट आफ्नो मोटरसाईकल चढेर बैशाख १० गते घर आउनुभएको थियो । घर आएदेखि महर्जन कोरोना संक्रमित भएको हल्ला छरछिमेक, समाज हावासरी फैलिएको थियो । कुनै सञ्चारमाध्यम वा आधिकारिक स्रोत बिना नै यस हल्लालाई लुभु आसपाससंगै ललितपुरमा कयौंले पत्याए पनि ।

‘मैले लुभुस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजिटिव आएको रहेछ भन्ने हल्ला गाउँमा निकै फैलिएको थियो । मैले स्वास्थ्य परीक्षण गराएको नै छैन, मानिसहरुले बिना आधार कोरोना पोजिटव देखिएको भनेर अफवाह फैलाइयो ।’ महर्जनले भन्नुभयो ।

हल्लाले ललितपुरमा आतंक नै मच्चाएको बताउँदै उहाँले भन्नुभयो ‘ यसले म र मेरो परिवारले निकै तनावको झेल्नुप¥यो । स्वास्थ्य परीक्षण गराउनुपर्ने सामाजिक दबाब बढ्दै गएको थियो ।’ महर्जनले भन्नुभयो ।

आफ्नो रिपोर्ट कोरोना नेगेटिव देखिएको अस्पतालको प्रमाणित पत्र सामाजिक सञ्जालमा राखेर महर्जनले महामारीको बेला यस किसिमको हल्ला नफैलाउन आग्रह समेत गर्नुभयो ।‘हल्लाकै कारण म मेरो परिवारले आठ दिनसम्म अनेक कष्ट झेल्नुप¥यो ।

यस्तो संकटको बेला हल्लाको भरमा आतंक मच्चाउनु कदापि ठिक होइन ।’ महर्जनले भन्नुभयो । लकडाउनको समयमा संयमित हुनुको साथै सकारात्मक सोचको खाँचो पनि रहेको महर्जनको अनुभव रहेको छ ।