साढे २५ लाख धरौटीमा रिहा हुँदै सुलभ अग्रवाल

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

थर्मल गन कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परेका व्यवसायी सुलभ अग्रवालसँग जिल्ला अदालत काठमाडौंले २५ लाख ५० हजार धरौटी माग गरेको छ ।

न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले २५ लाख धरौटीमा अग्रवाललाई छोड्ने आदेश दिएको हो । अग्रवालले धरौटी बुझाएसँगै उनी रिहा हुनेछन् । स्रोतका अनुसार उनलाई आजै रिहा गर्ने तयारी हुदैछ ।

जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गर्दागर्दैपक्राउ परेका थिए। तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत रहेका अग्रवालले कालोबजारीका लागि सरकारी गाडिको प्रयोग गरेका थिए ।