नेकपा सचिवालयको बैठक सुरु

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला आज सचिवालय बैठक बसेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा अहिले सचिवालय बैठक सुरु भएको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका सांसदहरूको हस्ताक्षर अभियान चलाइसकेका छन् । नेकपामा पछिल्लो समय सरकारले ल्याएको दुई अध्यादेशको कारण राजनीतिक तरंग आएको छ ।

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहित अध्यादेश ल्याएपछि अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह आक्रोशित बनेको छ। उक्त समूहका नेताहरूले तत्काल स्थायी समिति बैठक बोलाउनु पर्ने माग गरेका छन् ।

प्रधानमन्त्री ओली स्वंयले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन प्रचण्ड नेपाल समूह लागेको आरोप लगाएका छन् भने प्रचण्ड नेपालले प्रधानमन्त्री स्वच्छाचारी ढंगबाट अगाडि बढेको आरोप लगाउदै आएका छन् । ओली र नेपालनिकट नेताहरूले निकासका लागि मंगलबार दिनभरि प्रयास गरे पनि सफल हुन सकेको छैन । नौ सदस्यीय सचिवालयमा ओली अहिले अल्पमतमा रहेका छन् ।