सुलभ अग्रवालको मुद्धा अब सम्पत्ती शुद्धिकरण विभागले पनि हेर्ने

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

थर्मल गनको कालोबजारी गर्दागर्दै पक्राउ परेका जगदम्बा ग्रुपका संचालक सुलभअग्रवालको  मुद्धा अब सम्पत्ती शुद्धिकरण विभागले पनि हेर्ने भएको छ । उनलाई लकडाउनकै समयमा ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा गत चैत २५ गते नक्सालबाट पक्राउ गरिएको थियो ।

प्रहरीले उनीलाई ६७ थान थर्मल गनसहित रंगेहात पक्राउ गरेको थियो । प्रहरीका अनुसार अग्रवालले चीनबाट ज्वरो नाप्ने थर्मल गन ल्याएर महँगोमा विक्री गरेका थिए । उनी विरुद्ध अहिले जिल्ला अदालत काठमाडौँमा बहस भईरहेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनपटक गरेर २२ दिनसम्म उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त अवधिको अन्मि दिन  मंगलबार सकिएपछि प्रहरीले जिल्ला अदालत काठमाडौँमा मुद्धा दर्ता गरेका हो ।अग्रवाललाई डेढ वर्ष कैद गरी १५ लाख रुपियाँ जरिवाना गर्न माग गर्दै मुद्दा दायर भएको हो ।

यो पनि…

थर्मल गनले सुलभलाई अदालत पुर्यायो, डेढ वर्ष कैद र १५ लाख जरिवानाको माग