महामारी रोक्न धुलिखेल अस्पताललाई स्वतस्फूत स्वास्थ्यकर्मीको तलब

98
Shares

मोतीराम तिमल्सिना,काभ्रे। 

धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोभिड १९ को महामारी रोक्न अस्पतालले स्थापना गरेको कोषमा स्वतस्फूर्त रकम जम्मा गर्ने निर्णय गरेका छन् । ‘धुलिखेल अस्पताल आफैले पनि महामारी नियन्त्रण र ब्यवस्थापनका लागि कार्यरत कर्मचारीहरुको तर्फबाट कोष बनाउने निर्णय गरेका छौं’–अस्पतालका प्रशासक प्रधुम्न श्रेष्ठले भन्नुभयो–‘अधिकृत तह भन्दा माथीका सबै कर्मचारीहरुले एक महिनाको तलबको २५ प्रतिशत र अधिकृत तह भन्दा कम तहमा रहेर कार्य गर्ने सम्पूर्ण कर्मचारीहरुले एक महिनाको ५ प्रतिशत रकम कोषमा जम्मा गर्न तयार हुनु भयो ।’

अस्पतालको उक्त कोषमा एक महिनाको प्रतिशतका आधारमा मात्रै १ करोड ६ लाख रुपैया जम्मा भएको छ । उक्त कोषको बृत्तिका लागि अस्पतालका कर्मचारीहरुले अझै योगदान गर्ने प्रतिवद्धता ब्यक्त गरेका भए पनि तत्काल अर्काे निर्णय भएको छैन । ‘यो स्वतस्फुर्त गरिएको निर्णय हो’–प्रशासक श्रेष्ठले भन्नुभयो–‘अस्पतालमा कार्यरत कर्मचारीहरुको प्रस्तावलाई ब्यवस्थापनले समर्थन जनाएको छ ।’

अस्पतालका प्रमुख प्रशासक डा. रमेश माकजुले अस्पतालमा सामान्य अवस्था जस्तो विरामीहरुको चाप नभएको र कोभिड १९ मा खटिने टोली बाहेक अन्य कर्मचारीहरुको काम कम भएकाले आलोपालो ब्यवस्था गरी स्वतस्फूर्त कोष खडा गर्ने निर्णयमा समर्थन गरेको बताउनु भयो ।

अस्पतालको नियमित आम्दानी पनि नभएको र भएको आम्दानीले कर्मचारीहरुको तलब खर्च ब्यवस्थापन गर्दा केहि महिना पछि संकट निम्तिन सक्ने एकातिर अस्पताल प्रशासनको चिन्ता छ भने अर्काे तिर सरकारले धुलिखेल अस्पताललाई टेकु पछि धेरै स्वाब परिक्षणका लागि ब्यवस्थापन गरे पछि कोभिड १९ को महामारी नियन्त्रणको रुपमा धुलिखेल अस्पतालको विस्तार भईरहेको छ ।

आईसोलेसन, प्रयोगशाला र अन्य तयारीमा मात्रै अस्पतालको २ करोड भन्दा धेरै खर्च भईसकेको प्रशासक श्रेष्ठले बताउनु भयो । कोषमा जम्मा भएको रकम महामारी नियन्त्रणमा खर्च गर्ने अस्पतालले जानकारी दिएको छ । रकम उपलब्ध गराउन नसक्ने वा नचाहनेहरुका लागि अनिवार्य गरिएको छैन । पर्याप्त बजेट सरकार र अस्पतालसँग नहुने भएकाले महामारी नियन्त्रण र ब्यवस्थापनमा थोरै भए पनि सहयोग पुगोस भन्ने उदेश्यले उक्त कोष खडा गरिएको कर्मचारीहरुले बताएका छन् ।

अस्पतालमा उक्त कोष खडा भए सँगै काठमाडौ विश्वविद्यालयमा पनि तयारी गरिएको छ । ‘हामीले जर्बजस्ति रुपमा कसैको तलब काटेर कोष खडा गर्दैनौ’–विश्वविद्यालयका रजिस्टार डा. सुबोध शर्माले भन्नुभयो–‘स्वतस्फुर्त रुपमा कर्मचारीहरुले पनि कोभिड महामारीमा योगदान दिने मनसाय प्रकट गर्नु भयो भने कोष खडा गरेर महामारी नियन्त्रणकै लागि प्रयोग गर्ने कुरामा खुल्ला छौ ।’

विश्वविद्यालयले लकडाउनको अवधीमा पनि बालबालिकाहरुको भविश्यलाई ख्याल गर्दै अनलाईन प्रविधिका माध्यमले पठनपाठन सुचारु गर्ने र साईन्स, इन्जिनियरिङ्ग अन्र्तगर्त परीक्षा हुन बाँकी कार्यक्रमहरुमा सेमेन्टर प्रणालीको बास्तविक मर्मलाई शिरोपर गरी सम्वन्धीत विभाग तथा शिक्षकहरुबाटै न्यायोचित मुल्यांकन हुने तर्फ सत्रान्त परीक्षा र ग्रेडिङ्गको विकल्प उपलब्ध गराएको छ ।