नेपाल निवासमा ओली-नेपाल समुहको निर्णायक वार्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र सुरु भएको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल समुहबीच निर्णायक वार्ता सुरु भएको छ ।

आज बिहान प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता भएलगत्तै नेपाल निवास कोटेश्वरमा निर्णायक वार्ता सुरु भएको हो ।

उक्त वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोेखरेल र प्रदीप ज्ञवाली सहभागी छन् । त्यस्तै माधव नेपालसहित विष्णु पौडेल, सुरेन्द्र पाण्डे र रघु पन्त सहभागी छन् ।दुवै पक्षका नेताहरुको छलफलले ठोस निष्कर्ष निकाल्ने छ । जसमा ओलीले सरकार मात्रै चलाउने र पार्टीको जिम्मेवारी अरु नै नेतालाई दिनसक्ने सक्ने प्रस्तावमा छलफल भइरहेको बताइएको छ ।