बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाजु पक्राउ

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर प्रहरीले दाजुलाई पक्राउ गरेको छ ।

गत शनिबार बिहान सिन्धुपाल्चोक घर भई मध्यपुर ठिमी नगरपालिका ९ बोडेस्थित एक जस्ताको टहरामा बस्दै आएकी १४ वर्षीया बहिनीलाई २३ वर्षीय दाईले बलात्कार गरेको आरोप छ ।

बालिकामाथि जवरजस्ती करणी गरेको किटानी जाहेरी दरखास्तको आधारमा अभियुक्तलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो।आइतबार भक्तपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।