दुई सय १० शैयाको क्वारेन्टाइनमा ४८४ जना, व्यवस्थापनमा चुनौती

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

जिल्लामा दुई सय १० शैयाको क्वारेन्टाइनको क्षमता भन्दा बढी मानिस भएपछि व्यवस्थापनमा समस्या र चुनौती थपिएको छ ।

आइतबारसम्म दुई सय १० शैयाको क्वारेन्टाइन निर्माण भएकोमा एक सय सात जना बसेका थिए भने आइतबार नै नेपाली कांग्रेस रसुवाले तिन सय ७७ जनालाई जिल्लामा ल्याएपछि व्यवस्थापन कसरी गर्ने भन्नेमा थप चुनौती देखिएको बताइएको छ ।

कोभिड सुचनाको केन्द्र रसुवाका अनुसार हालसम्म आमाछोदिङमो गाउँपालिकाको थाम्बुचेतमा ७४ जना गोसाईकुण्ड गाउँपालिकाको धुन्चेमा ६७ जना, टिमुरेमा १५ जना, स्याफ्रुमा १० जना, उत्तरगयाको डाडागाउँमा २४ जना लहरेपौवामा २४ जना, कालिका गाउँपालिकाको कालिकास्थानमा ५८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै नौकुण्ड गाउँपालिकामा १० शैयाको क्वारेन्टाइन छ । हाल एक सय ८७ जना आएका छन् । नौकुण्डको क्वारेन्टाइनमा पार्टीले लकडाउन भएपछि काठमाण्डौमा समाचार परेका व्यत्तिलाई आइतवार ल्याइएको छ । आएका मध्ये एक सय ५९ को व्यवस्थापन भईसकेको छ ।

थाम्बुचेतमा ७१ जना, टिमुरेमा १५ जना, डाँडागाउँमा २४ जना प्रतिनिधि सभा सदस्य मोहन आचार्यको घरमा २४ जना कालिका मा ३४ जना र स्याफ्रुमा एक जनालाई राखिएको छ भने नौकुण्ड जना काठमाण्डौबाट आएका लाई बेत्रावतिमा राखिएको छ भने नौकुण्डमा थप क्वारेनटाइन बनेपछि मात्र आएका व्यक्ति जना पाउने छन ।