झापामा एक कोरोना संक्रमित पुरुष थपिए

0
Shares

न्युज अफ नेपाल,काठमाडौ ।

झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या ५२ पुगेको छ । झापा बाह्रबिसे गाउँपालिका–४ का उनी मुस्लिम समुदायका हुन् ।

संक्रमित व्यक्ति फागुन २० गते भारतको नयाँ दिल्ली गएर फागुन २८ गते फर्किई सप्तरी हुँदै २९गते झापास्थित घर पुगेको बुझिएको छ । भारतबाट फर्किएका व्यक्तिलाई स्थानिय निकायको पहलमा खोज्ने क्रममा घरमै फेला पारि स्वाब परिक्षणका लागि कोसी अस्पताल पठाइ चेकजाँच गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार कोसी अस्पताल विराटनगरमा भएको परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको हो । नेपालमा उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । ३६ जनाको नेपालका धनगढी, वीरगन्ज, भरतपुर र विराटनगरमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।