छोराले जिते, बाबु थला परे !

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

शुक्रवार कोरोना संक्रमण प्रमाणित भएका झापा दमक नगरपालिका–३ का ६२ वर्षीय वृद्धका छोरा विदेशबाट आएको प्रमाणित भएको छ । स्थानिय निकायको रेकर्ड अनुसार संक्रमित बृद्धका छोरा ३४ दिन अघि मात्र दुबईबाट नेपाल आएका थिए । चैत्र ७ गते दुबईबाट नेपाल फर्किएका ३४ बर्षिय युवाका बाबुमा भने शुक्रबार कोरोना संक्रमण पुष्टि भए पछिमात्र स्वाब परिक्षण गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउनुले पनि कोरोना संक्रमित गाउँ गाउँमा पुगेका र परिवारमा सार्दा समेत परिक्षणको पहुँचमा आईनपुगेको प्रमाणित हुन्छ ।

नेपाल सरकारले चैत्र महिनामा विदेशबाट आएक हरेक नागरिक र कोरोना संक्रमितको सम्पर्कमा रहेका सबैलाई परिक्षण गर्न आवहान गरिरहदा पनि ती युवाले भने अहिले सम्म परिक्षण नगरि घरमै बस्नुले बृद्ध बाबुलाई कोरोना सरेको आशका गरिएको छ । युवालाई भने अहिले सम्म कुनै संकेत नदेखिएपनि आरडिटी टेस्ट पोजेटिभ देखिएको छ । यो आधारमा उनलाई दुबईमा भाइरस सरिसकेको हुनसक्ने अनुमान चिकित्सकहरुले गरेका छन् ।

आरडिटी परिक्षणमा युवा, उनको बुबा, आमा र श्रीमती सबैको पोजेटिभ देखिएको थियो । तर पिसीआर (स्वाब) परिक्षण बृद्ध बाबुको मात्र पोजेटिभ आएको र अरु सबैको नेगेटीभ आएकाले युवामा रोगसँग लड्नसक्ने क्षमता भएकै कारण अहिले सम्म कुनै संकेत नदेखिएको अनुमान चिकित्सकहरुको रहेको छ । आरडिटिमा पहिला संक्रमण भैसकेको व्यक्तिको पनि पोजेटिभ देखाउने स्वास्थ्यकर्मीहरुले जनाएका छन् । तर यो स्वास्थ्य विज्ञानका क्षेत्रमा निकै गम्भीर र अनुसन्धानकै बिषय हो ।

पुरै परिवारलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्वारेन्टाइनमा राखी थप अनुसन्धान गर्नुपर्ने कुरामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । उक्त घरमा संक्रमण पुष्टि भएका बृद्धकी सासु १५ दिन अघि मृत्यु भै बृद्धकी श्रीमतीले काजकिरीया गरेको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले मिडिया समक्ष सार्वजनिक गर्नुभएको छ । उक्त घरमा आफन्तगोता लगायत छरछिमेकीहरु समेत बाक्लो आवतजावत भएकाले थप कन्ट्याक ट्रेसिङ गर्न मेयर ओलीले सुझाव दिनुभएको छ ।

ओलीले भन्नुभएको छ— आफु यस बिषयमा चिन्तित र जिम्मेवार भएकाले ‘जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरि कम्तिमा १ सय जनाको हाराहारीमा कन्ट्याक ट्रेसिङ थाल्दैछौं ।’

विदेशबाट फर्कनेहरुको घर खोज्दै यहि बैशाख ११ गते तथ्यांक संकलन गर्ने क्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी ती युवाको घर पुगेका थिएनन भने अझै पनि त्यो परिवारले स्वास्थ्य परिक्षण गराउने थिएन । प्रहरीले उक्त परिवारका सबैको आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि भोलिपल्ट स्वाब संकलन गरेकै कारण बृद्धमा कोरोना पुष्टि भयो ।

अझ मावली हजुर आमाको के कारणले मृत्यु भयो र मलामी जानेहरु को को थिए भन्ने बारेमा पनि कन्ट्याक ट्रेस गरि अनुसन्धान गर्नु जरुरी छ । एकजना युवा गैर जिम्मेवार बन्दा परिवार मात्र हैन समाज र गाउँ, टोल, देशनै कोरोनाको महामारीको सिकार नबनोस भन्दै यतिबेला स्थानिय निकायले सकृयताका साथ काम अघि बढाईसकेको मेयर ओलीले सार्वजनिक रुपमै बोली सक्नुभएको छ ।