चितवनका २७ वर्षीय युवक कोरोनामुक्त, डिस्चार्जको तयारी

0
Shares

न्युज अफ नेपाल, चितवन ।

कोरोना संक्रमित चितवनका एक युवक निको भएपछि डिस्चार्ज गर्ने तयारी गरिएको छ । राप्ती नगरपालिका ८ का २७ वर्षीय युवकको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको हो ।

भरतपुर अस्पताल उपचाररत उनका शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएका छ । उनलाई आजै डिस्चार्ज गरिने अस्पताल स्रोतले जनाएको छ । यस्तै ती युवकी ६३ वर्षीया आमाको रिपोर्ट भने पोजेटिभ आएको छ ।

गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा(छोरामा र्‍यापिड टेष्टका क्रममा कोराना संक्रमण देखिएको थियो ।

नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तीमध्ये ११ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।