कोरोनाबाट भारतमा ७८० को मृत्यु, २४ हजार ५०६ संक्रमित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट ७८० जनाको मृत्यु भइसकेको छ भने २४ हजार ५०६ जना संक्रमित भेटिएका छन् । संक्रमित मध्ये १११ जना विदेशी नागरिक रहेका छन् ।

महाराष्ट्र राज्यमा ६ हजार ८१७, गुजरातमा २ हजार ८१५, दिल्लीमा दुई हजार ५१४, उत्तर प्रदेशमा एक हजार ६२१, बिहारमा पनि २२३ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै, महाराष्ट्रमा ३०१, गुजरातमा १२७, मध्य प्रदेशमा ९२ उत्तर प्रदेशमा २५ र बिहारमा दुई जनाको मृत्यु भएको छ ।

हालसम्म पाँच हजार ६३ संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।