काठमाडौँमा अलपत्र परेकालाई लिएर उदयपुर जाँदै गरेको बस दुर्घटना, एकको घटनास्थलमै मृत्यु

0
Shares

न्युज अफ नेपाल, बर्दिबास ।

काठमाडौंमा अलपत्र परेकालाई उदयपुर लादै गरेको बस महोत्तरीको बर्दिबास नगरपालिका –३ पाटुमा द्र्घटना भएको छ । बा ३ ख ४०३६ नम्बरको बसमा ३५ जना यात्रु सवार थिए ।

दुर्घटनामा परी बसका सह–चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बसको च्यापीएर दोलखाको तामाकोसी –२ का सह–चालक बाबुराम विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दोलखा तामाकोसी २ का २२ वर्षीय प्रदीप विश्वकर्माको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ।

उदयपुरको चौडण्डी नगरपालिकाले लकडाउनमा अलपत्र परेका आफ्ना नगरका स्थानीयलाई बस व्यवस्थापन गरेर फिर्ता लगेको थियो ।