शिक्षा मन्त्रीद्वारा विज्ञान तथा प्रविधिको विषयमा सातै प्रदेशका मन्त्रीसँग भिडियो कन्फरेन्स

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा सातवटै प्रदेशका विज्ञान तथा प्रविधि विषय हेर्ने मन्त्रीहरु बिचमा कोभिड-१९  को महामारीकोको विषयलाई केन्द्रमा राखी आगामि दिनमा विज्ञान तथा प्रविधिको क्षेत्रलाई कसरी अगाडी वढाउन सकिन्छ भन्ने विषयमा अनलाईन बैठक सम्पन्न भएको छ।

उक्त बैठकमा यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस प्रकोपको सामना गर्न सुझाव दिन गठित समितिका संयोजक पुर्व मन्त्री गणेस साह र उक्त समिति अन्तर्गतका विभिन्न छ वटा उप समितिहरुका संयोजकहरु मध्ये विज्ञान तथा प्रविधि क्षेत्रका चार उपसमितिका संयोजकहरु नाष्टका उपकुलपति डा. सुनिलवावु श्रेष्ठ, प्रा. डा. रमेश मास्के,नास्टाका प्राज्ञ दिनेश भुजु र विज्ञान तथा प्रविधि सचिव डा. सन्जय शर्माले आफु अन्तर्गत रहेको समितिले गरेका कामहरुको जानकारी गराउदै तिनै तहका सरकारले अव गर्नु पर्ने कामहरुको वारेमा समेत धारणा राख्नु भएको माननिय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिरजमणि पोखरेलका स्वकिय सचिव पुरन केसि ले जानकारी दिनुभयो । प्रदेस मन्त्रिहरुले प्रदेस सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेका विभिन्न कामका विषयमा जानकारी गराउनु भएको थियो । वैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिरजमणि पोखरेलले विज्ञान तथा प्रविधि पुर्वाधारको पनि पुर्वाधार भएकोले सवै तहका सरकारले आपसमा संयोजन गरेर नदोहोरिने गरी विज्ञान प्रविधिमा लगानि वढाउन पहल गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।

वैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिरजमणि पोखरेलले ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेका समितिहरुको सुझाव प्रदेस तहमा पनि आवश्यक परेमा उपलब्ध गराउन सकिने र विज्ञहरुसँग अनलाईन वैठक समेत गराउन सकिने बताउनु भयो । आगामि दिनमा प्रदेस सरकार तथा केन्द्र सरकारको समन्वयमा प्रत्येक प्रदेसमा एक एक विषयमा सेन्टर फर एक्सेलेन्स खोलि विज्ञान तथा प्रविधिको विकासलाई अगाडि वढाउनु पर्नेमा जोड दिनुभयो ।

आफ्नो प्रदेसमा गरेका कामहरुको वारेमा जानकारी गराउन पाउदा खुशि भएको र अन्य प्रदेसमा भएका कामहरुको जानकारी पाउदा धेरै कुरा थाहा पाउनुका साथै एक अर्का वाट सिक्न समेत सहयोग गरेकाले यस्ता वैठकहरु नियमित रुपमा आयोजना गर्नुपर्ने सवै सहभागीले जोड दिनु भएको थियो ।