बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा स्थगित, क्षमापुजा गरिने

94
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

१७औं शताब्दीदेखि सुरु भएको बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा कोरोना भाइरसको संक्रमणको त्रासका कारण स्थगित गरिएको छ । हरेक बर्ष बैशाख पुर्णिमाका दिन मनाउने उक्त जात्रा २०७७ बैशाख२५ र २६ गते आयोजना हुँदै थियो । नगरपालिकाले क्षमा पूजा गरेर जात्रा स्थगित गर्ने निर्णय गरेको छ ।

‘जात्रामा हुने जमघट तथा भिडभाड नियन्त्रण गर्न सम्भव छैन’–बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले भन्नुभयो –‘सरोकारवालाहरुको परामर्श र छलफलपछि क्षमापुजा गरी ऐतिहासिक चण्डेश्वरी जात्रा स्थगित गर्ने निर्णय गरिएको हो ।’ जात्रामा विभिन्न स्थानबाट आउने आफन्तजनहरु पनि  आउने सम्भावना न्यून छ । लकडाउनलम्बिए पनि वा सकिएपनि जात्रा गर्न नसकिने नगरपालिकाले स्पष्ट पारेको छ । बनेपाको तीनधारा डबलीमा रथ बनाई जुगीचक्रको पूजा सम्पन्न गरे पछि रथको यात्रा सुरु गर्ने चलनथियो । जात्रामा रथ बोक्नेहरु सयौँको सख्यामाहुने गरेका थिए ।

नगरपलिकामा आयोजना गरिएको सर्वपक्षिय बैठकमा जिल्ला सुरक्षा समितिले २०७६ चैत्र २७गतेजात्रा सञ्चालन गर्न रोक लगाएको निर्णय सम्वन्धमा जानकारी गरिाएको थियो । हरेक बर्ष हुने बैशाख पुर्णिमाको अवसरमा चण्डेश्वरीको नियमित पुजा  अर्चना लगाएतका कार्यहरु पुजारी तथा रकमिहरुबाट गर्ने, माताको खटयात्रा स्थगीतगर्ने, माताको परम्परागत जात्रा सञ्चालनगर्न नसकेकोमा क्षमा  पुजा गर्ने निर्णय गरिएको नगर प्रमुख बादेले जानकारी दिनु भयो । १७औ शताब्दी देखि शुरु भएको चण्डेश्वरीको जात्रा स्थगतीत भएको पहिलो घटना भएको संस्कृत विद्ज्ञानकाजी मानन्धरले वताउनु भयो । चण्डेश्वरी माईको जात्रा रोकिएकोमा  नगरबासीहरुले घर–घरमा नै पुजा गरी कोरना रोगबाट सुरक्षित रहन नगर प्रमुख बादेले आग्रह गर्नु भएको छ । सर्वपक्षिय बैठकमा पुर्व नगर प्रमुखडा. सुरेन्द्र बहादुर बादे, संस्कृत विद ज्ञानकाजी मानन्धर, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिना, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक विशाल  लामा, वडाअध्यक्षहरु, पुजारी, समाजसेवी, गुठियार लगाएतको उपस्थिती रहेको थियो । यस अघि धुलिखेलमा हुने ऐतिहासिक विस्केट जात्रा पनि क्षमा पुजा गरी स्थगित गरिएको थियो ।

चण्डेश्वरी जात्राको इतिहास

बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्राको खाली रथबुद्धपूर्णिमाका दिन चण्डेश्वरीमाईको मन्दिरमा पु¥याई भोलिपल्ट चण्डेश्वरी मन्दिरबाट देउता राखेर फर्काईन्छ । नगरपालिकाले जात्राको अवसर पारी सार्वजनिक विदा दिदै आएको थियो । हरेक वर्ष वैशाख शुक्लचण्डी पूर्णिमाको दिन बनेपाको ७  गाउँले मनाउँदै आएको आराध्यदेवी चण्डेश्वरीको ऐतिहासिक जात्रामा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहने गरेको थियो ।

उक्त जात्रामा बनाईने रथमा पाँग्रा हुँदैन, तान्ने पनि होइन । यसलाई काँधमा बोकिन्छ । रथ जात्रा सुरु भएदेखि नै बजारका दाँया–बायाँका घरका झ्यालबाट पूजा गर्ने, चटामरी चढाउने चलन छ । चण्डेश्वरी जात्रामा दुई दिन रथ लैजाने र फर्काउने गरिएको छ । जात्राको पहिलो दिन पूर्णिमाको बिहानै देखि आराध्यदेवी चण्डेश्वरीमा भक्तजनहरुको भीड लाग्छ ।पहिलो दिन चिराग बालेर बनेपाको लायकुबाट चण्डेश्वरी हुँदै जलेश्वरसम्म पुगेर बिर्सजन गरिन्छ । जात्रामा चिराग पूजालाइमःतपूजानामले चिनिन्छ । यसलाइ जात्रा सुरु भएको मानिन्छ । यो पूजाबाट जलेश्वर महादेवले मनको इच्छा पूरा गरिदिने जनविश्वास छ । उक्तदिननिःसन्तान, बाँझोपन भएका र गर्भपतन भएका महिलाहरुले स्नान गर्यो भने अर्को पटक गर्भ रहने विश्वास गरिन्छ । पूजाआजाको साथमा धिमेवाजा अन्य  बाजागाजाका साथ सबै हर्षोउल्लासले रथ बोक्दै रमाउँदै हिँड्छन् । बनेपाको लायकुबाट सुरु भएको रथ चण्डेश्वरीसम्म पुर्‍याईन्छ । जाँदा रित्तो रथमा भोलिपल्ट चण्डश्वरीको मूर्ति राखेर बनेपाबजार घुमाइन्छ । मन्दिर प्राङगणमा पुगे पछि एक रात रथ त्यहीँ रहन्छ । जात्रामुख्य रुपमादुई दिन मात्र मनाईए पनिजात्राको पूजा सम्बन्ध फागु पूर्णिमाको दिन देखि जोडिन आउँछ ।

फागु पूर्णिमाको दिन चण्डेश्वरीमा पुजारीको तर्फबाट चण्डेश्वर महादेव र चण्डेश्वरीको निम्तो पूजा गर्नुपर्ने चलन छ । बनेपाको घोगेचौरको उकालोमा नबिसाई रथलाई बोक्नुपर्ने हुन्छ । यो बेलामा बनेपालगायत अन्य जिल्लाका स्थानीयहरुको जात्रा हेर्ने भीड धेरै हुने गर्छ ।घोकेचौरबाट ओरालो लागेर भैरब कुण्डमा पुगेपछि रथ हेर्नेको भीडअझै बढ्छ । त्यहाँ देवतालाई स्नान गराइन्छ । जब रथ बनेपाबजारमा भित्रिन्छ, द्धारे मार्फत लशकुश पूजा गरिन्छ । त्यस बेलासम्म देवीको मुख (अनुहार) ढकनीले छोपेको हुन्छ । यस ठाँउमा पुगेपछि भोछि भोयाका दूधे बालकबाट ढकनी हटाई बनेपा बजार भर धुमधामका साथ रथ जात्रा गरिन्छ ।

रथ बोक्नेहरुलाई भिजाएको केराउ, विभिन्न फलफूल, चिसो पेय पदार्थ, रक्सी खुवाउने पनि चलन छ । पूर्णिमाको अघिल्लो रातमाचण्डेश्वरी मन्दिरमा १२ ओटाकालो निख्रा बोकाको बलि पूजा गरिन्छ । त्यसै दिन बोकाहरुको मासु बनेपाको ‘न्हयकंचपा’भन्ने स्थानमा कलनदान गरिन्छ, मासु छरिन्छ, छरिएको मासु भेटाउने भाग्यमानी मानिन्छ । यस पछि देवतालाई काँधमा राखि चण्डेश्वरी फर्काइन्छ र जात्रा समापन भएको मानिन्छ ।

जात्रा सकिएको भोलिपल्ट १२ बजेसम्म मात्र मन्दिर खुल्ला हुन्छ । त्यस पछि वर्ष भरिको लागि मन्दिर बन्द हुन्छ। जात्राका लागि बनेपा नगरपालिका, मालपोत कार्यालय मार्फत नेपाल सरकार र अन्यक्षेत्रबाट समेत गरी झण्डै २० लाख सरकारी रकम खर्च हुँदै आएको छ । बनेपा नगरपालिकाले बनेपामा हुने भीमसेन जात्रा, गाईजात्रा, चण्डेश्वरी माताको नित्यपूजा, जालदेउ जात्रा, मिलापूजा, पाश्चर्य पूजालगायत संस्कृति संरक्षणमा खर्च गर्दै आएको छ । जात्रामा कम्तीमा १४ वटाबलिपूजासमेत गरिन्छ । संस्कृतिविद् ज्ञानकाजी मान्नधरले दिएको जानकारी अनुसार चण्डेश्वरीदेवी बनेपालीको आराध्यदेवी भएको उल्लेख गर्दै चण्डेश्वरी देवीले दैत्य राजचण्डाशुरको बध गरेको खुसियालीमा चण्डेश्वरी जात्रा हुने गरेको छ ।

वंशावली अनुसार सत्ययुगदेखि जात्राहुने गरेको उल्लेख गर्दै उहाँले चण्डासुर दैत्यको बध भएपछि देवलोकमा देवी चण्डेश्वरीको बाजा गाजासहित जात्रा गरिएकाले सो जात्राको परम्परा सुरु भएको हो । नेपाल संवतको सुरुवातदेखि नै नेपालमा जात्राको सुरुवात भए अनुसार काभ्रेमा जात्रा गर्ने प्रचलन रहेको मानन्धरले बताउनु भयो ।