सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही होस् : देउवा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो बालुवाटारमा भएको भेटमा देउवाले दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । सुझाव दिने क्रममा देउवाले जनकपुरबाट सांसदलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्न माग राखेका छन् ।

‘दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ। तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ’, देउवाले भनेको ।