राष्ट्रपति भण्डारीद्वारा दुबै अध्यादेश खारेज

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गरिएका दुई अध्यादेश खारेज गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज सरकारको सिफारिसमा राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी हुन् । मन्त्रिपरिषद् बैठकले सोमबार जारी भएका राजनीतिक दलसम्बन्धी र संवैधानिक फिर्ता लिने निर्णय गरेपछि राष्ट्रपतिले शुक्रबार दिउँसो दुबै अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालय शितलनिवासले जनाएको छ।

चौतर्फी विवाद भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल र सत्ता पक्षकै नेताहरूले भनेको कारण अध्यादेश फिर्ता लिएको बताएका छन्।