भूकम्प विर्साउने ‘कोरोना’

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

विनाशकारी भूकम्प गएको चार वर्ष पुरा भएको छ । चार वर्षमा पीडितहरुले पीडा माथी पीडा थपिएको महसुस गरे पनि पुर्ननिर्माणले गति लिए पछि नयाँ जीवन प्रारम्भ भएको महसुस गरेका छन् ।

भूकम्पले क्षति भएको सर्भे गरिएका ९८ हजार १९ घर धुरी मध्ये लाभग्राहिको सूचीमा परेका ८४ हजार ४ सय ८६ घर धुरी छन् । जसमध्ये ७६ हजार ६ सय ८४ घर धुरीले पहिलो किस्ताका लागि सम्झौता गरेका थिए । सरकार र एनजिओ मार्फत उक्त सम्झौता भएको थियो । जिल्लामा एनजिओले पुर्ननिर्माणका लागि आवासमा २ हजार ८ सय ९७ घर धुरीलाई सम्झौता गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

पछि विभिन्न निकाय मार्फत पुर्ननिर्माणका लागि सहयोग भईरहेको छ । पहिलो किस्ता लिएर सम्झौता गर्नेहरु मध्ये ६० हजार ८ सय १२ जनाले मात्रै घरको जग राखेर डिपीसीगरी दोश्रो किस्ता लिए । दोश्रो किस्ता लिएर तेश्रो किस्ता ५१ हजार ४ सय ५६ जनाले मात्रै प्राप्त गरे । पैसाका लागि मात्रै सम्झौता गर्ने र घर बनाउने पीडितहरुले पुर्ननिर्माणलाई टुङ्गोमा पु¥याउन सकेका छैनन् ।

पुनर्निर्माणमा आवास भन्दा धेरै प्रगति विद्यालयको पुर्नर्निमाणमा भएको छ । जिल्लामा निर्माण गरिनु पर्ने विद्यालयहरु मध्ये १ सय ७५ वटा विद्यालयका ५ सय ९१ वटा कक्षा कोठाको पुर्ननिर्माणको कार्य सम्पन्न भएको छ । चालु अवस्थामा रहेका ४७ वटा विद्यालयका १ सय ६७ वटा कक्षा कोठा चालु आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने गरी तयारी गरिएको थियो ।

कोरोनाको त्रासले पुर्ननिर्माण रोकिएको छ । तर पनि समयमै कार्य सम्पन्न गर्ने गरी कार्य अघि बढिरहेको छ । २० वटा विद्यालयको निर्माणका लागि सम्झौता भई कार्य प्रारम्भ भएको छ । २८ वटा विद्यालयको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । विद्यालय पुनर्निर्माणमा जिल्लामा ९७ करोड ५० लाख ९६ हजार भुक्तानी भईसकेको छ ।

विद्यालय, आवाससँगै मठ मन्दिर तथा सार्वजनिक भवनहरु, सरकारी भवनहरु निर्माण भईरहेका छन् । सहकारी, प्रहरी भवन, गुम्बा, पुरातत्वका भवनहरुले पनि पुनर्निमाणको गति लिएका छन् । सरकारले पटक पटक थप गरेको अवधी भित्र पुनर्निर्माण सम्पन्न नगर्ने ब्यक्तिहरुलाई दिएको अनुदान खोस्ने तयारी गरेको छ । अन्तिम पटक थप गरिएको समय भित्र पुनर्निर्माण नगर्ने पीडितहरुलाई सरकारी रकम विगो असुल गर्ने तयारी गरेको छ । २ सय भन्दा धेरै ब्यक्तिहरुले रकम फिर्ता गरिसकेका छन् ।

कोरोनाको क्षती आंकलन हुँदै

कोरोनाको त्रासले मुलुक लकडाउन हुँदा आंकलन गर्नै नसक्ने क्षति ब्यहोर्नु परेको छ । धन्य नेपालमा कसैले ज्यान गुमाउनु परेको अवस्था छैन । संक्रमितको संख्या थपिए पनि निको भएर घर जानेहरुको संख्या पनि थपिदै गएको छ । कोरोनाले सबै क्षेत्रलाई त्रसित बनाएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्योग कलकारखाना, ब्यापार ब्यवसाय चौपट्ट बनाएको छ ।

उदाहरणका लागि दैनीक विक्री हुने अण्डा, मासु, दुध र तरकारीको मुल्य प्राप्त हुन सकेको छैन । पुष्प ब्यवसायीहरुले मात्रै जिल्लामा एक महिनामा १ करोड भन्दा धेरै गुमाएका छन् । विकास निर्माण अलपत्र बनेको छ । मानसिक रुपमा त्रसित ब्यक्तिहरुले तग्रिएर तत्काल काम गर्न सक्ने अवस्था पनि छैन । भुकम्प विर्सदै गएका नेपालीहरुका लागि कोरोना अर्काे महाविपत्ती बन्दै छ ।

भुकम्पमा ३७२ को निधन

भोली बैशाख १२ । गत वर्ष भुकम्पले काभ्रे र आसपासका जिल्लाहरुलाई क्षतविक्षत बनायो । सिन्धुपाल्चोक, दोलखा, काभ्रे, सिन्धुली, नुवाकोट, रसुवा, गोर्खा, काठमाडौ, भक्तपुर, ललितपुर, धादिङ्ग, रामेछाप जिल्ला अति प्रभावित भए । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल र बनेपामा रहेका अस्पतालहरुले छिमेकी जिल्लाहरुका विरामीहरुलाई समेत गुणस्तरीय सेवा प्रदान गरे ।

अझै नासिकास्थान साँगामा रहेको स्पाईनल इन्जुरी अस्पतालमा केहि विरामीहरु फलोअपमा छन् । काभ्रेपलाञ्चोक जिल्लामा भुकम्पका कारण ३ सय ७२ जनाको मृत्यु भयो भने १४ हजार ८ सय ४३ जना घाईते भए । २ सय ३७ जनाको जिवितै उद्दार गरिएको थियो भने ४ सय ९६ वटा प्राणी उद्दार गरिएको थियो । भुकम्पमा घाईते भएकाहरु मध्ये ४ हजार ७६ जना विरामीको उद्दार गरिएको थियो । जिल्लामा रहेका ८३ हजार २ सय २४ पुर्ण रुपमा क्षति भएका थिए ।

सरकारी भवनहरु, सामुदायिक भवन, सहकारी भवन, गुम्बा, रेडक्रस भवन, लघु जलविद्यूत्त, मठ मन्दिर, दुध चिस्यान केन्द्र, सामुदायिक विद्यालय, स्वास्थ्य भवन, प्रहरी चौकी, कृषि उपजहरु १ अरव ३५ करोड ८२ लाख ५० हजार क्षति (खाद्यान्न, विय, तरकारी तथा नगदे बाली, हाट बजार, ब्यवसायीक कृषि फर्म लगायतको क्षति भयो । खानेपानी, शौचालयहरु पुश सेवा केन्द्र र पशुधनमा समेत करोडौंको क्षति भयो । थुप्रै क्षतिका बाबजुत पनि भुकम्प पीडितहरु दुख विर्सेर सम्भावना तर्फ लागिरहेका छन् ।

भुकम्पले जिल्लामा भएको क्षति

मृतक– ३७२ जना (मर्नेहरुमा महिला १३०, पुरुष ८०, बालक ४९, बालिका ५९)
घाईते– १४ हजार ८ सय ४३ जना
घरधुरी क्षतिः ८३ हजार २ सय २४
सरकारी भवनहरुः ३१ वटा पुर्ण क्षति
सामुदायिक भवनः ४८ वटा
सहकारी भवनः ७ वटा
गुम्बा ः २५ वटा
रेडक्रस भवनः ३ वटा
लघु जलविद्यूत्तः ३७ वटा
मन्दिरः ६७ वटा
दुध चिस्यान केन्द्रः १ वटा
सामुदायिक विद्यालयः ३१७ वटा पूर्ण
स्वास्थ्य भवनः ३७ वटा बर्थिङ्ग सेन्टर, ४३ वटा स्वास्थ्य÷उपस्वास्थ्य चौकी, १ वटा प्राथमीक उपचार केन्द
प्रहरी चौकीः ३० वटा
कृषिः १ अरव ३५ करोड ८२ लाख ५० हजार क्षति
खानेपानीः ६ सय ५२ वटा खानेपानी आयोजनामा
सरसफाईः २२ हजार ५ सय २ शौचालय, ६४ हजार ६ सय ८ वटा पक्कि शौचालय
पुश सेवा केन्द्रः भवन ४ वटा
पशुपँक्षीः १८ करोड २० लाख १४ हजार (गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा, खोर समेत गरी)