६ वर्षीया बालिका भईन बलात्कृत

0
Shares

एजेन्सी । भारतमा एक ६ वर्षीया बालिकामाथि बलात्कार भएको छ । मध्य प्रदेशको दमोह जिल्लाको जबेरा थाना क्षेत्र अन्तर्गत बंशीपुर गाउँमा ६ वर्षीय बालिकामाथि बलात्कार गरेर उनको आँखामा समेत चोट पुर्‍याएको घटना सार्वजनिक भएको हो ।

बुधबारसाँझ अरु बच्चाहरुसँग खेल्न गएका बेला ती बालिका बेपत्ता भएकी थिइन् । बिहीबार उनलाई दुवै हात बाँधिएको र आँखामा गम्भीर चोट लागेको अवस्थामा फेला पारिएको थियो । घाइते बालिकाको जबलपुरमा उपचार भइरहेको छ ।

घाइते बालिकाले आफूलाई चिन्न नसकुन भनेर उनको आँखामा समेत क्षति पुर्‍याएको हुनसक्ने अनुमान गरिएको छ । सो घटनामा संलग्न भएको आशंकामा २१ वर्षीय सचिन सेन नामका युवकलाई पक्राउ गरिएको छ ।

बालिकाको आँखा देख्न सक्ने अवस्थामा छ या छैन भन्नेबारेमा हालसम्म स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ । कोरोना भाइरस संक्रमणका कारण लकडाउन रहेका बेला यो घटना भएको हो ।