कोराना भाइरसको बानी–व्यहोरा पत्ता लाग्यो

0
Shares

उहान, चीन (एजेन्सी)।

चीनको झेजियाङ युनिभर्सिटीका शोधकर्ता प्रोफेसर लान्जुआनले कोरोना भाइरसको सबैभन्दा खतरनाक स्वरूप पत्ता लगाएको दाबी गरेका छन् ।
कोरोना भाइरसले छिटोभन्दा छिटो आफ्नो स्वरूप परिवर्तन गर्न सक्छ । यस्तो क्षमता अन्य भाइरसमा बिरलै हुन्छ ।

अहिलेसम्म भाइरसको यस प्रकारको विशेषतालाई ध्यान नदिइएको र यसलाई कमजोर आँकलन गरिएको उनी बताउँछन् । चीनमा ११ बिरामीमा भएको अध्ययनमा यो भाइरसको सबैभन्दा खतरनाक स्वरूप फेला परेको हो ।

प्रोफेसर लान्जुआन चीनका चर्चित वैज्ञानिक हुन् । उहानबाट विश्वभरि महामारी फैलिन सक्ने भएकाले त्यहाँ लकडाउन गर्न अनिवार्य रहेको बताउने उनी पहिलो वैज्ञानिक हुन् ।

लान्जुआनका अनुसार प्रयोगशालामा जुन कोरोना भाइरसको रूप देखियो, त्यो अहिलेसम्म खोज गरिएको यसको अन्य स्वभावभन्दा खतरनाक छ । यो कोरोना भाइरस आफँलाई छिट्टै बदल्छ । चीनको होङझाउ प्रान्तमा कोरोना संक्रमित बिरामीमाथि शोध गरिरहेका बेला उनले यो तथ्य पत्ता लगाएका हुन् ।

शोधकर्ताहरूले बिरामीको शरीरका कोषहरू लिएर गरेको अध्ययनमा भाइरसको नयाँ स्वभावको असर फेला पारेका हुन् । भाइरसको यो स्वभाव संक्रमण मात्र नभई मृत्युको कारण बन्न सक्ने उनले पत्ता लगाए ।

शोधमा सहभागी ११ बिरामीमा भाइरसको जुन स्ट्रेन भेटिएको हो, यो युरोपमा पाइएका कोरोनाको स्वभाव जस्तै भएको उनी बताउँछन् । अर्को प्रकारको प्राप्त स्वभाव कम खतरनाक भएको र यो अमेरिकामा कोरोनाबाट सबैभन्दा कम संक्रमित क्षेत्रमा पाइएको स्ट्रेन जस्तै भएको बताइएको छ ।

अनुसन्धानकर्ता टोलीका अनुसार खोपको विकास गर्न जति जरुरी छ, त्यसको बदलिँदो रूपका कारण पर्ने असर बुझ्नु पनि त्यति नै महत्वपँर्ण छ ।
भारतको काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्चका विशेषज्ञ डाक्टर सीएच मोनरावका अनुसार भारतमा कोराना भाइरस आजसम्म एकै स्वरूपमा छ । यसको अर्थ कोरोना भाइरसले आफ्नो रूप बदल्न पाइरहेको छैन । यदि यो ‘सिंगल म्युटेसन’मै रहन्छ भने चाँडै समाप्त हुने सम्भावना हुन्छ । तर, भाइरसको स्वरूप बदल्ने क्षमता विकास भएमा खतरा बढ्नेछ र खोप विकासमा पनि समस्या हुनेछ ।

चीनभन्दा पहिला क्याम्ब्रिज युनिभर्सिटीका शोधकर्ताले कोरोना भाइरसको तीन स्वरूप पत्ता लगाएका हुन् । त्यसलाई टाइप ‘ए’, टाइप ‘बी’ र टाइप ‘सी’ नाम दिइएको छ । टाइप ‘ए’ कोरोना भाइरसको वास्तविक जिनोम हो जुन उहानमा रहेका भाइरसमा पाइन्छ । यसको म्युटेसन भयो र उहानमा रहेका अमेरिकीहरूको शरीरमा प्रवेश ग¥यो । यहाँबाट फर्केका अमेरिकी र अस्ट्रेलियाका नागरिकले यही भाइरस आफ्नो देशमा पुगेर फैलाए ।

टाइप ‘बी’ स्ट्रेनको भाइरस पँर्वी एसियाली देशमा सबैभन्दा धेरै फैलिएको बताइएको छ । यद्यपि यो स्ट्रेन एसियाबाट बाहिर अन्य देशमा धेरै पुगेको देखिएको छैन ।

युरोपेली देशमा पाइएको कोरोना भाइरस टाइप ‘सी’ स्ट्रेनको हो । यसको शुरूका बिरामी फ्रान्स, इटाली, स्विडेन र इंग्ल्यान्डमा भेटिएका छन् । अनुसन्धानअनुसार इटालीमा यो भाइरस जर्मनीबाट पुगेको र जर्मनीमा यसको संक्रमण सिंगापुरबाट गएकाहरूबाट फैलिएको देखिएको छ ।