ओलीलाई दबाब दिन भैँसीपाटीमा नेकपाको छुट्टै भेला

0
Shares

मधुसूदन रायमाझी,काठमाडौं ।

पार्टीमा परामर्श नै गरी अध्यादेश ल्याएको भन्दै सत्तारुढ नेकपाका बहुमत सचिवालय सदस्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यादेश फिर्ता लिन दबाब दिने निर्णय गरेको छ । पार्टीभित्र विवाद बढेपछि बुहमत सचिवालय सदस्यहरुले उक्त निर्णय गरेका हुन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ६ जना सचिवालय सदस्यको भेलाले सचिवालय र स्थायी कमिटी बैठक बस्नुपर्ने निश्कर्ष निकालेको छ ।
भैसेपाटीस्थित उपाध्यक्ष बामदेब गौतमको निवासमा भएको भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल सहभागी रहेको थियो ।

यसअघि हिजो २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन माग गरेर अध्यक्षद्वयलाई पत्र पठाएका थिए । प्रधानमन्त्री ओलीलाई सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापाले मात्र साथ दिएका छन् । सरकारले ल्याएको अध्यादेश अबिलम्ब फिर्ता लिनु पर्ने निष्कर्ष निकालेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो ।

बुधवार अध्यक्षद्धय ओली र प्रचण्डबीच भएको छलफलमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन सकारात्मक हुनुभएको थियो । सरकारले अध्यादेश ल्याएपछि सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेको छ । यसअघि प्रधानमन्त्री ओलीले आफू अनुकूलका व्यक्तिलाई सभामुख बनाउन चाहेपछि भैसीपाटीमा बसेको बहुमत सचिवालय सदस्यको भेलाले अग्नी सापकोटालाई सभामुख बनाउने निर्णय गरेसँगै प्रधानमन्त्री ओली बाँध्य हुनुभएको थियो ।