नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । पुनः दुई जनामा संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या ४७ पुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटोले उदयपुर एक र जनकपुरका एक गरी २ जनामा संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।

उदयपुरकी ५५ बर्षीया एक महिलालाई हिजो नै कोरोना भाइरस संक्रमणको पुष्टि भएपनि आज मात्र उनको बारेमा मन्त्रालयले सार्वजनिक गरेको हो ।उनको हाल विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । यसैगरी जनकपुरमा एक १४ बर्षीय किशोरमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पत्रकार सम्मेलनमा कुल ४३ हजार ७२२ को परीक्षण सम्पन्न भएको जानकारी दिदै प्रवक्ता देवकोटाले कुल १० हजार ५ सय ७३ जनामा क्वारेन्टाइनमा रहेको बताउनुभयो ।यस्तै २ सय ७८ जना रेडजोनमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।