ओली–प्रचण्ड भेटवार्ता,अध्यादेश फिर्ता लिन ओली सकारात्मक

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अध्यादेशको कारण विवाद उत्कर्षमा पुगिरहेका बेला नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्ने सहमति भएको छ । दुई अध्यक्षबीच झण्डै दुई घण्टा कुराकनी भएको छलफलमा अध्यादेशकै बारेमा केन्द्रीत भएर छलफल भएको थियो ।

गत सोमबार सरकारले ल्याएका दुई अध्यादेश र त्यसपछि उत्पन्न परिस्थतिका बारेमा दुई नेताबीच गम्भीर छलफल भएको छ । ‘खासगरी पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्नेमा नै नेताहरुको छलफल केन्द्रीत भएको बुझिएको बताइएको छ ।

स्रोतका अनुसार पार्टीभित्र अध्यादेशको कारण आलोचित हुँदै आउनुभएका प्रधानमन्त्री ओलीले उक्त अध्यादेश फिर्ता लिन सकारात्मक हुनुभएको छ । सरकारले अध्यादेश ल्याएपछि बुधबार मात्रै नेकपाका २० जना नेताले तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका थिए ।