जनता समाजवादीका प्रमुख नेता निर्वाचन आयोगमा, प्रधानमन्त्रीलाई धन्यवाद दिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नवगठित जनता समाजवादी पार्टी दर्ताका लागि दलका मुख्य नेताहरु निवाचन आयोग कान्तिपथ पुगेका छन् । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच बुधबार रातिमात्रै एकता भएको हो ।

दल दर्ताका लागि उपेन्द्र यादव, राजेन्द्र महतो शरतसिंह भण्डारीलगायतका नेताहरु आयोग कार्यालय पुगेका छन्।आफूहरु एकीकरण भएको जानकारी दिन आयोग आएको उनीहरले बताएका छन् ।

आयोग पुगेका महतोले भने ‘यो सरकारले फुटाउने चाल गर्‍यो तर फुटाउन सक्दैन।‘

यस्तै भण्डारीले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै भने ‘प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहान्छु। लकडाउनले गर्दा एकतामा ढिलो भएको थियो। अध्यादेश ल्याएर चाँडो गर्न सहयोग गरिदिनुभयो ।