चीनले कोरोना भाइरसको सबैभन्दा खतरनाक स्ट्रेन पत्ता लगाएको दावी

0
Shares

वुहान (एजेन्सी) ।

चीनको झेजियांग युनिभर्सिटीका शोधकर्ता प्रोफेसर लान्जुआनले कोरोना भाइरसको सबैभन्दा खतरनाक स्ट्रेन पत्ता लगाएको दावी गरेका छन् ।

कोरोना भाइरस आफुलाई तिब्र स्वरुप परिवर्तन गर्ने क्षमता राख्छ , अहिलेसम्म भाइरसको यो विशेषतालाई कम आंकलन गरिएको उनी बताउँछन् । चीनमा ११ विरामीमा भएको अध्ययनमा यो भाइरसको सबैभन्दा खतरनाक स्वरुप फेला परेको छ । प्रोफेसर लान्जआन चीनका चर्चित वैज्ञानिक हुन् । वुहानबाट विश्वभरी महामारी फैलिन सक्ने भएकोले त्यहाँ लकडाउन गर्न सबैभन्दा आवश्यक भएको बताउने उनी पहिलो वैज्ञानिक हुन् ।

लान्जुआनका अनुसार प्रयोगशालामा जुन कोरोना भाइरसको रुप देखियो, त्यो अहिलेसम्म खोज गरिएको यसको अन्यु स्ट्रेनभन्दा खतरनाक छ । यो कोरोना भाइरस आफुलाई छिट्टै बदल्छ र संक्रमणको तरिकामा पनि । चीनको होंगझाउ प्रान्तमा कोरोना संक्रमित विरामीमाथि शोध गरिरहेको बेला उनले यो तथ्य पत्ता लगाएको हो ।

शोधकर्ताहरुले विरामीको शरीरका कोषहरु लिएर गरेको अध्ययनमा भाइरसको नयाँ स्टे«नको असर फेला पारेको हो । भाइरसको यो स्ट्रेन संक्रमण मात्र नभइ मृत्युको कारण बन्न सक्ने उनले पत्ता लगाए । शोधमा सहभागी ११ विरामीमा भाइरसको जुन स्टे«न भेटिएको हो, यो युरोपमा पाइएका कोरोनाका स्टे्र्रन जस्तै भएको उनी बताउँछन् । अर्को प्रकारको प्राप्त स्ट्रेन कम खतरनाक भएको र यो अमेरिकामा कोरोनाबाट सबैभन्दा कम संक्रमित क्षेत्रमा पाइएको स्ट्रेन जस्तै भएको बताइएको छ ।

अनुसन्धानकर्ता टोलीका अनुसार खोपको विकास गर्न जति जरुरी छ, त्यसको बदलिंदो रुपका कारण पर्ने असरलाई बुझ्नु पनि त्यति नै महत्वपुर्ण छ ।

भारतको काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्चका विशेषज्ञ डाक्टर सीएच मोन रावका अनुसार भारतमा कोराना भाइरस सिंगल म्युटेसनमा छ । यसको अर्थ कोरोना भाइरस आफनो रुप बदल्न पाइरहेको छैन । यदि यो सिंगल म्युटेसनमै रहन्छ भने चाँदै समाप्त हुने सम्भावना हुन्छ । तर भाइरसको म्युटेसेन क्षमतामा बदलाव आएमा खतरा बढ्नेछ र खोप विकासमा पनि समस्या हुने छ ।
चीन भन्दा पहिला क्याब्रिज युनिभर्सिटीका शोधकर्ताहरुले कोरोना भाइरसको ३ स्टे«न पत्ता लगाएको हो । त्यसलाई टाइप ए, टाइप बी र टाइप सी नाम दिइएका छन् । टाइप ए कोरोना भाइरसको वास्तविक जिनोम हो जुन वुहानमा रहेका भाइरसमा पाइन्छ । यसको म्युटेसन भयो र वुहानमा रहेका अमेरिकीहरुको शरीरमा प्रवेश गर्यो । यहाँबाट फर्केका अमेरिकी र अष्ट्रेलियाका नागरिकले यही भाइरस आफनो देशमा पुगेर फैलाएको हो ।

टाइप बी स्ट्रेनको भाइरस पुर्वी एसियाली देशमा सबैभन्दा धेरै फैलिएको हो । यद्यपी यो स्ट्रेन एसियाबाट बाहिर अन्य देशमा धेरै पुगेको देखिएको छैन ।

युरोपेली देशमा पाइएको कोरोना भाइरस टाइप सी स्ट्रेनको हो । यसको शुरुका विरामी फ्रान्स, इटाली, स्विडेन र इग्ल्यान्डमा भेटिएका हुन् । अनुसन्धान अनुसार इटालीमा यो भाइरस जर्मनीबाट पुगको र जर्मनीमा यसको संक्रमण सिंगापुरबाट गएकाहरुबाट फैलिएको देखाएको छ ।