कोरोना संक्रमणको डरलाग्दो स्वरुप, बिरामीको छाला कालो हुन थाल्यो

0
Shares

वुहान (एजेन्सी) ।

कोरोना भाइरस संक्रमणको उपचारका क्रममा डरलाग्दो साइड इफेक्ट देखिएको छ । चीनको वुहानमा कोरोना विरामीको उपचार गरिरहेका चिकित्सकहरुको छाला कालो भएको छ ।

वुहान सेन्ट्र्ल हस्पिटलका डाक्टरमा पनि यस्तै परिवर्तन देखिएको छ । डाक्टर यी फेन र डाक्टर हु विफेंगलाई जनवरी १८ मा कोरोना संक्रमण भएको थियो । उनीहरु करिब ६ हप्ता सम्म अस्पतालमै बसे र यस क्रममा उनहिरुको पुरै सरीर कालो भयो ।

चिनियाँ सन्चार माध्यम सीसीटीभीको एक समाचार अनुसार डाक्टर यी पेशाले मुटु रोग विशेषज्ञ हुन् । संक्रमणपछि उपचारका क्रममा ३९ दिनसम्म भेन्टिलेटरको सहयोगमा बसे । उनी ठीक भइसकेका छन् । डाक्टर यीले सीसीटीभीलाई भने ( कोरोनासँग लड्ने क्रममा मानसिक रुपमा धेरै प्रभावित भयो, शरीर पुरै गलेको थियो । म बिना मद्दत हिँडडुल गर्न सकिरहेको थिइन ।

जब उनी होसमा आए, आफुनो स्थिति देखेर उनी निरास भए र त्यसबाट ठीक हुन काउन्सिलिंग सम्म आवश्यक परेको यीले बताए ।
उनका साथी डाक्टर हु विफेंगको संघर्ष अझ झन पिडादायी रह्यो । हु ९९ दिनसम्म अस्पतालको बेडमै रहे र ४५ दिन भेन्टिलेरमा लाइफ सपोर्ट दिइयो । उनको उपचार गर्ने डाक्टर ली सुसेगका अनुसार हुको मानसिक स्थिति अत्यन्त नाजुक रह्यो । फेबु्रअरी ७ देखि मार्च २२ सम्म हु संक्रमणबाट अत्यन्त ग्रसित थिए । विस्तारै विस्तारै स्थितिमा सुधार आएको र अप्रिल ११ मा केही बोल्न सक्ने स्थितिमा पुगे ।

डाक्टर ली सुसेंगका अनुसार छालामा आएको परिवर्तन उपचारका क्रममा दिइएको कुनै औषधीको कारण हुन सक्छ । यद्यपी डाक्टर लीले कुन कुन औषधी दिइएको थियो भन्ने विषयमा स्पष्ट गरेको छैन । जब औषधीको साइड इफेक्ट कम हुनेछ, उनीहरुको छालाको रंग सामान्य हुने आशा गरेको लीले बताए ।