प्रहरी महानिरीक्षक ज्ञवाली निरङकुश बन्दै ?

0
Shares

न्युज अफ नेपाल,काठमाडौ ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले पदको दुरुपयोग गर्दै सामाजिक संन्जालमा कुनैपनि प्रहरीलाई सामेल नहुन उर्जी जारी गर्दै परिपत्र गरेका छन ।सुरक्षा हेर्ने सुरक्षाकर्मीले खडा गरेको ग्रुपमा थुप्रै सुरक्षा निकायका ब्यक्तिहरु सामेल भएको पाइएको र आफ्ना बिरुद्ध मिडियाले लेखेको झोकमा महानिरीक्षक ज्ञवालीले बिभिन्न ग्रुपमा संलग्न रहेका प्रहरी जवानदेखि अधिकृत सम्मलाई ग्रुपमा सामेल नहुन उर्जी सहितको पत्र देशभर पठाएका छन ।

बिश्वभर सामाजिक संन्जालको प्रयोगको माध्यमबाट सुरक्षा निकायका ब्यक्तिहरुले सूचना संकलन गर्ने र सोही अनुरुप मुलुकको शान्ति सुरक्षा कायम गर्ने तथा ठुला अपराधका घटनामा समेत सफलता हात पारेको तथ्यलाई नबुझी आफ्ना बिरुद्ध मिडियामा समाचार आएको भन्दै कुनैपनि सामाजिक सन्जालमा सामेल नहुन उर्जी जारी गर्नुले प्रहरी महानिरीक्षक निरङकुश बन्दै गएको टिप्पणी प्रहरी अधिकारीहरुले नै गरेका छन ।