बर्दघाटका ७८ वर्षीय बृद्धको पीसीआर रिपोर्ट नेगेटिभ

0
Shares

घनश्याम बगाले,नवलपरासी।

पश्चिम नवलपरासीको बर्दघाटका ७८ वर्षीय बृद्धको कोरोना संक्रमण आशंकामा गरिएको पीसीआर टेस्ट नेगेटिभ देखिएको छ । सामुदायिक अस्पताल चिसापानीमा आरडीटी गर्दा पटक पटक पोजेटिभ देखिए पछि बृद्धको नमूना स्वाव संकलन गरी भैरहवा पठाईएको थियो । जनस्वास्थ्य प्रयोगशाला पांच नम्वर प्रदेशमा बुधबार गरिएको बृद्धको स्वाव परीक्षण पीसीआर नेगेटिभ रहेको प्रयोगशालाका डा. राजेन्द्र गिरीले बताउनु भयो ।

मंगलबार स्वाव संकलनका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी लगिएका बृद्धलाई रिफर गरी कोरोना अस्पताल बुटवलको आईसोलेशनमा भर्ना गरिएको थियो ।पीसीआर परीक्षण नेगेटिभ देखिएसंगै ति बृद्धमा कोरोना संक्रमण नभएको पुष्टी छ ।

करिव एक वर्ष अघि अमेरिकाबाट फर्किएका बर्दघाट नगरपालिका ४ निवासी बृद्ध लामो समय देखि घरमै रहदै आएका थिए । बृद्धका घर परिवारमा भने सवै सदस्यको आरडीटी परीक्षण नेगेटिभ पाईएको जिल्ला स्वास्थ्य कार्यालय परासीले जनाएको छ ।

संक्रामक कोभिड १९ पत्ता लगाउन जिल्लामा गरिएका विभिन्न टेस्ट मध्ये आरडीटी पोजेटिभ देखिएको पांच नम्वर प्रदेश मै यो पहिलो घटना थियो । जिल्लामा हाल सम्म १ सय ३४ जनाको आरडीटी गरिएकोमा सवैको नतिजा नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।