उदयपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४५ पुग्यो

0
Shares

भगवती तिमल्सिना,काठमाडौ ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केका ३ जना स्थानिय वासिन्दामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबार मिडिया ब्रिफिङमा जानकारी गराउनुभए अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

संक्रमित हुनेमा २४, ६० र ७२ बर्षका पुरुषहरु भएको डा देवकोटाले जानकारी गराउनुभयो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या कुल ४५ पुगेको छ भने उदयपुरमा मात्र २७ पुगेको छ ।