धादिङका ३२ बर्षीय युवा कोराना मुक्त, डिस्चार्जको तयारी

0
Shares

भगवती तिमल्सिना,काठमाडौ।

युएईबाट नेपाल आएका धादिङका ३२ बर्षिय युवाले पनि उपचार पछि कोरोनालाई जितेका छन् । एक महिना देखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराईरहेका युवाको स्थानिय तहसँगको समन्वय पछि डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । यूएईबाट चैत्र ६ गते काठमाडौ आई काठमाडौको एउटा होटलमा बस्दै आएका ती युवालाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

युवाको पछिल्लो प्रयोगशाला परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।चैत्र ६ गते युएईको सारजाँहबाट एयर अरेवियाको उडानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौ पुगेका युवा घर नगै होटलमै बस्दै आएका थिए ।

१० गते स्वाब परिक्षणको नमूना टेकूमा दिई होटलमै बस्दै आएका उनलाई १२ गते कोरोना संक्रमण प्रमाणित भएपछि मध्येरातमै होटलबाट अस्पताल पुर्याईएको थियो । कोरोना संक्रमित ४२ जना मध्ये ६ जना निको भैसकेका छन् भने ३६ जनाको अहिले पनि विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।