पेशागत संघ-संगठन (पापड) का प्रतिनिधिहरुले सरकारलाई दिए ६ बुँदे सुझाव

0
Shares

न्युज अफ नेपाल,काठमाडौ ।

कोरोना भाइरस संक्रमणका कारण आज विश्व आतङ्कित भएको छ । यो विश्वकै सबैभन्दा खतरनाक आतङ्ककारी भन्दा पनि शक्तिशाली भएर संसारभर दिनानुदिन फैलिरहेको छ ।आजको विश्वमा कुनै पनि आतङ्कले छुन नसकेका क्षेत्रहरू समेत कोरोना भाइरसले तहसनहस बनाउने अवस्थामा पु¥याएको छ । यो भाइरसबाट जो सक्रमित भएका छन्, उनीहरु त आतङ्कित छन् नै यस रोगले सक्रमित नभएका क्षेत्र र मुलुकहरु पनि आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रूपमा नकारात्मक तरिकाले प्रभावित भएका छन् ।

यो भाइरसको सक्रमण हुने क्रम दिनप्रतिदिन बढ्ने क्रममा छ । विद्यमान अवस्थालाई गम्भिर रुपमा मनन गरी नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरु, विज्ञहरु तथा वरिष्ठ पत्रकार, शिक्षकहरु, मानव अधिकारकर्मीहरुले निम्न लिखित उपायहरु अवलम्बन गर्न उपयुक्त हुने भनी नेपाल सरकारलाई यसै विज्ञप्ती मार्फत केही सुझाबहरु पेश गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।

१. विश्वव्यापी रूपमा कोभिड १९ को परीक्षण दुई प्रकारले गरिन्छ । पहिलो हो पीसीआर (पोलिमरेज चेन रियाक्सन) र दोस्रो ‍¥यापिड एन्टीबडी टेस्ट । आरडीटी परीक्षणबाट संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’ को मात्रा परीक्षण हुने भएकाले यो परीक्षण प्रविधि पीसीआरभन्दा ज्यादै कम विश्वसनीय देखिएको छ । त्यसैले नेपाल सरकारले सम्पूर्ण शंकास्पद केशहरुमा अनिवार्य पीसीआरबाट देशभर व्यापक परीक्षण गर्ने वातावरण सुनिश्चित गर्नु पर्दछ ।

२. आफ्नो ज्यानको बाजी लगाउँदै यस महामारीसँग भिड्नका लागि युद्धमा होमिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई रोटेशनवाइज जिम्मेवारीमा लगाई स्वयं संक्रमणबाट प्रभावित हुन सक्ने भएको हुनाले उनीहरुका लागि नेपाल सरकारले तत्कालै सुविधासम्पन्न स्थानमा सुरक्षितसाथ बस्ने वातावरण तयार गर्नु पर्दछ ।

३. नेपालमा स्वास्थ्यकर्मीलाई प्रर्याप्त मास्क र व्यक्तिगत सुरक्षाका सामग्रीको अभाव छ । त्यसका बाबजुद पनि संक्रमण फैलिन नदिनका लागि स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको क्षमता अभिवृद्धि गर्न जरुरी भई भएकोले सबैभन्दा पहिला स्वास्थ्य सेवा प्रवाहमा संलग्न हुने सम्पूर्ण स्वास्थ्यकर्मी, चिकित्सक, प्राविधिक कर्मचारीहरु, सरसफाईमा सहभागी हुने कर्मचारीहरु, एम्बुलेन्स चालक लगायत सम्पूर्णलाई उचित प्रशिक्षणको व्यवस्थापन गर्ने तथा उनीहरुको समेत कोभिड परीक्षण गराई संक्रमणसँग जुध्नसक्ने सक्षम जनशक्ति उत्पादन गर्न नेपाल सरकारले ठोस कदम अगाडी बढाउनु जरुरी छ ।

४. यस्तो आपतकालिन संक्रमणको रोकथामका लागि लकडाउन निर्बिकल्प उपाय भएको भएता पनि दैनिक ज्यालादारी गरेर आफ्नो परिवारलाई पालिरहेका मजुदरहरुको जीवन रक्षाका निम्ती नेपाल सरकारले गुणस्तरीय राहत सामग्रीहरुको सहज उपलब्धता गराई वितरणलाई पारदर्शि र पक्षपात विहिन गराउन हामी जोडदार माग गर्दछौं ।

५. कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गर्दा अनियमितता भएको कुरा सार्वजनिक भई सरकारले दिएको ठेक्का समेत रद्द गर्ने परिस्थितिले विश्वभर नेपालको इज्जत र प्रतिष्ठामाथी नै गम्भिर आँच आएको छ । यस्तो बिषमपूर्ण परिस्थितिमा आर्थिक अनियमितता र गुणस्तरहिन सामग्रीहरुको खरिद गर्नेलाई अबिलम्ब कानूनी कारवाही गरी सम्पूर्ण नागरिकहरुलाई कानूनीराज्यको प्रत्याभूति दिलाउन हामी नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं ।

६. सङ्कटको यो विषम परिस्थितिमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, नागरिक समाज, विभिन्न पेशागत संघ संगठनहरु सबै महामारी नियन्त्रण र नागरिकहरूमा यसले पार्ने तत्कालीन र दीर्घकालीन प्रभावको न्यूनीकरणका लागि केन्द्रित भएर सामूहिक रुपमा संक्रमण नियन्त्रणमा जुट्नु अत्यावश्यक भएको हुनाले हामी सम्पूर्ण महानुभावहरुलाई आ आफ्नो स्थानबाट यस महामारी नियन्त्रणमा गहन भूमिका निर्वाह गर्न यसै विज्ञप्ति मार्फत हार्दिक आग्रह गर्दछौं ।

उपस्थितीहरु :

डा. चोपलाल भुसाल
डा. लक्ष्मीराज पाठक
डा. अन्जनी कुमार झा
डा. मुक्तिराम श्रेष्ठ
डा. राजेन्द्र पन्त
श्री चरण प्रसाई
श्री युवराज घिमिरे
श्री तारानाथ दाहाल
श्री मोहन ज्ञवाली
श्री शिवहरी नेपाल
उपस्थित सम्पूर्ण महानुभावहरुको तर्फबाट
डा. केदारनरसिंह के.सी.
पूर्व अध्यक्ष