राजनीतिक पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

0
Shares

न्युज अफ नेपाल,काठमाडौं।

सरकारले राजनीतिक पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

वर्तमान कानुनअनुसार राजनीतिक दल विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था छ । तर अव संशोधन गरेर केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए पुग्नेगरी प्रस्तावमाथि छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

संसदको दुवै सदन अन्त्य गर्ने सरकारले राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन लागेको छ । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि सरकारले पार्टी विभाजन सम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको हो ।