यस्तो पनि हुँदो रैछ ?

0
Shares

न्यूज अफ नेपाल,काठमाडौँ ।

सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रमात्र काटेन उल्टै विज्ञप्ती निकालेर सरकारले गरेको काम प्रकृया हो र सार्वजनिक भएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्ने शब्द हालेर डा. पुनका तर्फबाट पनि विज्ञप्ति निकाल्न लगायो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमणको अवधिमा कहिले औषधि खरिद प्रकृयामा विवादित हुँदै आएको छ भने कहिले सरुवारोग विशेषज्ञको विशेषज्ञतालाई सही रुपमा सदुपयोग गर्नुको सट्टा अस्पतालमा पिपीई लगाएर बिरामी परिक्षण गरिरहेको चिकित्सकलाई फोन नउठाएको भन्दै तुरुन्त मन्त्रालयमा पठाउने आदेश दिएर आलोचित भएको छ ।

यस्तो अवस्थामा संचार माध्यमको योगदानको मूल्यांकन गर्नुको सट्टा सूचना लुकाउने र ढिलो गरि सूचना बाहिर ल्याउने अभ्यास गर्न नपाएकोमा आक्रोश व्यक्त गरिरहेको छ ।

सत्य तथ्य सूचना दिने दायित्व बोकेको सरकारले आम जनमानसलाई समयमै सूचना दिने र कतिपय सरकारी तथा गैरसरकारी क्षेत्रका मिडियालाई मात्र मुख पत्रका रुपमा प्रयोग गरेर आम संचारका माध्यमलाई सूचना दिनै नखोज्ने गरेकै कारण पछिल्लो समय समाचारमा एकरुपता नहुनुलाई सरकार स्वयमले बुझेर सूचना समान रुपमा पस्किने र सूचना पाउने आम नागरिकको नैसर्गिक अधिकारलाई कुष्ठित पार्ने योजना बनाउन नहुने विज्ञहरुको ठम्याई छ ।