सिमावर्ती क्वारेन्टाइनमा आमाको किरिया बसेका बासुदेवलाई नेपाल प्रवेश दिइयो

0
Shares

किरन धामी,दार्चुला ।

भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिल अन्र्तगत पर्ने जिआइसी कलेज बालुवाकोट क्वारेन्टाइनमा आमाको किरिया बसेका दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का बासुदेव भट्टलाई ६ नेपाल प्रवेश दिइएको छ ।

उनकी आमा गोमती भट्टको मृत्यु भएको ६ दिन पछि उनलाई नेपाल प्रवेश दिइएको हो । जिल्ला प्रशासन कार्यालयबाट बासुदेवलाई नेपाल प्रवेश दिने बारे भारतिय प्रशासनलाई पत्राचार भएपछि उनलाई आज दिउसो १ बजेर ३० मिनेटमा दत्तुनाकाबाट नेपला ल्याइएको हो ।

भारतिय तथा नेपाली सुरक्षाकर्मीले उनलाई दत्तुबाट नेपाल प्रवेश दिइ आरडिटीका लागी जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो । शैल्यशिखर नगरपालिका‐१ जोग्यौडा घर भएका बासुदेवलाई लकडाउनका कारण नेपाल प्रवेश नदिए पछि विगत ६ दिन देखी क्वारेन्टाइनमै आमाको किरिया गरिरहेका थिए ।

बसुदेवलाई दत्तुबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश चन्दको नेतृत्वमा खटिएको टोलीले आरडिटीका लागि जिल्ला अस्पताल दार्चूला ल्याएको हो । बासुदेवको आरडिटी नेगेटिभ आए पछि उनलाई एम्बुलेन्समा घर पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।