विभेदविरुद्ध चेतना कहिले पुग्छ ?



मुलुकको आर्थिक अवस्था सुधारका लागि सामाजिक परिवेश र अवस्था पनि सुधार हुँदै जानुपर्ने कुरालाई महसुस गरिएको छ । किनकि कुनै एक व्यक्ति सामाजिकरुपमा सशक्त नभएसम्म त्यहाँको सामाजिक स्वरुप परिवर्तनमा समस्या कायमै रहन्छ । अहिले पनि हाम्रो समाजमा कतिपय सामाजिक मूल्य र मान्यता निकै राम्रा पनि छन्, कतिपय निकै नराम्रा पनि छन् । राम्रा संस्कारहरुलाई आत्मसात् गर्दै नराम्रा संस्कार र कुरीतिहरु बिस्तारै घट्दै गएका देखिए पनि अझै बढी पैरवी र वकालत जरुरी नै देखिएको छ ।

कतिपय विकट ठाउँमा देखिएका विभिन्न सामाजिक कुरीतिका घटनाहरुको विश्लेषण गर्ने हो भने पनि कतिपय कानुन नबुझेर गरिएका विभेदहरु छन्, कतिपय सामाजिक मूल्य र मान्यताका कारण समस्या देखिएको छ । कतिपय जातीय रुपमा गरिएका विभेदहरुले समस्या बढेको छ ।कतिपय जानेबुझेकाहरुले हैकम चलाउने क्रममा समेत विभेदका घटनाहरु बढेका छन् । यस्ता सबै खाले घटनाहरुलाई न्यूनीकरणका लागि अब हरेक स्थानीय सरकारहरुले वकालत, पैरवी र बहस गर्नु जरुरी देखिएको छ ।

स्थानीयरुपमा गरिएका सामाजिक विभेदका घटनाहरुलाई सामान्य भन्दै मिलापत्रमै टुंगोमा पु¥याउने प्रवृत्तिले पनि सामाजिकरुपमा अपराधका घटना बढ्दै गएको देखिन्छ ।सामाजिकरुपमै मिलापत्र गर्ने चलनको अन्त्य गर्नुपर्ने आजको आवश्यकता हो । सबै शिक्षित वर्ग सचेत भएर व्यावहारिकरुपमा परिवर्तन गर्नतिर लाग्नु जरुरी छ ।

– सविता पौडेल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्