थप एक जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३१ पुग्यो

0
Shares

भगवती तिमल्सिना,काठमाडौं ।

बिराटनगरका थप एक जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६५ वर्षका पुरुषलाई कोरोना संक्रमण भएको जानकारी दिएको छ । मन्त्रालयले शनिबार सााझ ८ बजे दिएको जानकारीमा विस्तृत विवरण भने दिइएको छैन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको जनाएको छ ।

हालसम्म ८ हजार १७ जनामा कोभिड-१९ परीक्षण गरिएकोमा ३१ जनामा संक्रमण देखिएको हो।तीनजना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने हाल ११७ जनालाई आइसोलेसनमा राखिएको छ।