बाटोमा पैसा फालेर भाग्ने जनकपुरका महिलामा -यापिड टेस्ट्मा कोरोना ‘पोजेटिभ’

0
Shares

न्युज अफ नेपाल,जनकपुर ।

जनकपुरमा पैसामा थुक लगाएर जथाभावी फाल्दै हिँड्ने दुई महिलालाई पक्राउ पछि कोरोना परिक्षण गर्दा आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको छ ।
शुक्रबार जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा रु १० को दर्जनौं नोट फालेर भागेको स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको थियो ।

प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट टेस्ट भइरहको बताइएको छ।
पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्नेहरु हुन् । दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाएको छ ।

जानकी मन्दिर नजिकैबाट शनिबार ती दुवैजना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

सिसिटीभी फुटेजहरु झिकाएर अध्ययन गर्दा उनीहरुको भूमिका शंकास्पद देखिएको र प्रहरीले सार्वजनिक गरेको हुलिया पनि मिलेकाले स्थानीयकै सहयोगमा ती दुवै महिलालाई पक्राउ उनले गरिएको बताए ।