न्युज अफ नेपाल, काठमाडौं ।
कलंकी स्थित एलआरआई स्कुलले नागार्जुन नगरपालिका वार्डन.१० अन्तरगत फोहरमैला सरसफाइ तथा ब्यबस्थापन कार्यमा सहभागि कर्मचारीलाई स्वास्थ्य प्रयोजन तथा महामारीको जोखिमबाट बच्न स्वाथ्य सामाग्री हस्तान्तरण गरेको छ ।
विद्यालयको समाजिक उत्तरदायीत्व अन्तर्गत सो सामाग्री हस्तान्तरण गरेको विद्यालयले जनाएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड–१९ ले नेपाल पनि जोसखम बढाइरहेको अवस्थामा विद्यालयले स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो ।
विद्यालयका प्राचार्य डा.देबकान्त जोशीले फोहोरमैलामा कार्यरत कर्मचारीलाई २८ थान पिपिइ, २८ थान पन्जा र १४ थान फ्लोरिसेन्ट ज्याकेट प्रदान गर्नुभएको हो । प्राचार्य जोशीलले वडा अध्यक्ष सुन्दर केसिलाई हस्तान्तरण गर्नुभएको थियो ।
विद्यालयले काठमाडौं महानगरपालिका कामपा–१४ अन्तरगत फोहर मैला सरसफाइ तथा ब्यबस्थापन कार्यमा सहभागि कर्मचारीहरुलाई कोरोना महामारीको जोखिमबाट बच्न २८ थान पिपिइ र २८थान पन्जा हस्तान्तरण गरेको छ ।
ती सामाग्री कामपा १४का अध्यक्ष सोभा सापकोटालाई हस्तान्तरण गरिएको थियो । विद्यालयका मुख्य लेखा अधीकृत दीपक जोशी, प्लस टु निर्देशक पुस्करनाथ फुलारा र अतिरिक्त किर्याकलाप सन्योजक जयराम खड्काले ती सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
सो विद्यालयले बिहीबार कोरोनाबाट बढी प्रभावित सुदूरश्चिम प्रदेशलाई ५० थान बेडसेट हस्तान्तरण गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको आव्हानमा एलआरआई स्कुलले उपलब्ध गराएको ५० थान बेड सेट कैलालीको अत्तरीया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाईनलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएका छ ।
उक्त क्वारेन्टाईन नेपाली सेनाको भवानीदल गणले व्यवस्थापन गरेको छ । ती सामग्री विद्यालयका संस्थापक गुठियार शिवराज पन्तले सुदूपश्चिम सरकारलाई हस्तान्तरण गर्नुभएको हो । अन्य प्रदेशको तुलनातमा प्रदेश सात कोरोनाबाट बढी प्रभावित भएकाले सात नम्बर प्रदेशलाई प्राथमिकता दिएको उहाको भनाई थियो । उहाले भन्नुभयो–थोरै भएपनि सरकारलाई रोगसँग लड्न क्वारेन्टाइनमा बसेकाहरूकालागि सहयोग पुगोस भन्ने उद्देश्यले ती सामाग्री वितरण गरिएको हो ।
विद्यालयले ५० थानबेड सोही संख्यामा म्याट्रेस, सिरानी, बेडसिट र बल्याङकेट प्रदान गरेको छ । संस्थापक गुठियार पन्तले करिव चारलाख बरावरको सामग्री सहयोग प्रदान गरिएको जानकारी दिनुभयो ।
यस अघि विद्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एकलाख रुपैयाँ सहयोग गरिसकेको छ ।यसअघि मन्त्री भट्टको आग्रहमा विद्यालयले १५ हजार थान सर्जिकल पन्जा सुदूर पश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेका छन् ।












प्रतिक्रिया