काेराेना ‘पोजेटिभ’ देखिएका हेटौँडाका चार जनाको दोस्रो रिपोर्ट आयाे


न्युज अफ नेपाल, हेटौँडा ।

र्‍यापिड डाइग्नोस्टिक टेष्टले पोजेटिभ देखाएका मकवानपुरको हेटौँडाका चार जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ।

शुक्रबार हेटौँडा अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुको रिपोर्ट नेगेटिभ देखिएको हो। यसअघि बिहीबार र्‍यापिड डाइग्नोस्टिक टेस्टमा चारै जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो।

चारमध्ये तीन पुरुष र एक महिला रहेका छन्। उनीहरुमध्ये हेटौँडा उपमहानगरपालिका–२ का ६७ वर्षीय पुरुष, हेटौँडा ५ का २४ वर्षीय युवक भारतबाट फर्किएका हुन् भने एक जना युवक साउदी अरबबाट फर्किएका हुन्। महिला भने भारतीय रहेको बताइएको छ।