कालिकोटको शुभकालिकामा विपन्न परिवारलाई खाद्यान्न वितरण


कालीवहादुर मल्ल, कालिकोट।

जिल्लाको शुभकालिका गाउँपालीकाले १ सय १४ विपन्न परिवारलाई शुक्रबार खाद्यान्न वितरण गरिएको छ । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्न नपाई विहान वेलुकी गुजारा गर्न गाह्रो भएका शुभकालिका गापा ५ र ६ नम्वर वडाका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागँइले जानकारी गराउनु भएको छ ।

गाउँपालिकाको कोरोना रोकथाम राहत कोषबाट ८ वटै वडामा खाद्यान्न वितरण गर्ने योजना अनुसार पहिलो चरणमा दुइवटा वडाका १ सय १४ परिवारलाई राहत वितरण गरिएको अध्यक्ष चचौलागाँइको भनाइ रहेको छ । उहाका अनुसार प्रति परिवार ३० केजि चामल, दुइ केजि दाल, दुइ पाकेट तेल र २ पाकेट नुन वितरण गरिएका छ ।

यस्तै बैशाख ४ गते रास्कोट नगरपालिका,पचालझरना र पलाता, शुभकालिका गाउँपालिकामा १ सय ६४ जनाको आरडिटी गरिएको स्वास्थ्य कार्यालय कालिकोटका सूचना अधिकारी कटक महतले वाताउनु भएको छ । उहाँका अनुसरा हालसम्म चारजना महिला ६० जना पुरुषको आरडिटी गरिएकामा सवैको रिपार्ट नेगेटिभ आएको छ ।