न्युज अफ नेपाल, चितवन ।
भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
भरतपुरकै प्रयोगशालामा गरिएको ‘पिसीआर’ परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । यहाँको ल्याबमा कोरोना भाइरस पोजेटिभ देखिएपछि थप परीक्षण गरी निर्क्यौल गर्नका लागि दुवैजनाको थ्रोट स्वाब काठमाडौँ टेकुस्थित प्रयोगशालामा पठाइएको छ ।
उनीहरू दुवैजना एक महिनाअगि विदेशबाट आएको र राप्ती नगरपालिकाका भएको बुझिएको छ । दुवैका स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
बिहीबार सो अस्पतालको प्रयोगशालामा ५ जनाको पिसीआर परीक्षण गरेकोमा ३ जनाको रिपोर्ट भने नेगेटिभ देखिएको अस्पतालले जनाएको छ ।
उनीहरुबारे थप विवरण खुलाइएको छैन । यति बेला उनीहरुका परिवारका अन्य दुई व्यक्तिलाई पनि भरतपुरकै आइसोलेसन कक्षमा राखिएको छ ।











प्रतिक्रिया