सेनाले स्वास्थ्य सामग्री खरिद गर्न मिल्ने


काठमाडौं, (नेस)

नेपाली सेनामार्फत स्वास्थ्य साममग्री खरिद गर्ने कार्य संविधान विपरीत हुने उल्लेख गर्दै पेश भएको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।
मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले दरपीठ गरेको आदेशमा पेश भएको रिट निवेदन कोरोना भाइरससँग सम्बन्धित नभएको उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतको फूलकोर्टले लकडाउनको समयमा कोरोना भाइरससँग सम्बन्धित गम्भीर प्रकृतिको रिट निवेदन मात्र दर्ता गर्ने भनी निर्णय गरेको थियो । अधिवक्ता सन्तोष भण्डारीसमेतले पेश गरेको रिट निवेदनमा कोरोना भाइरससँग सम्बन्धित औषधिका सामग्रीहरु सेनालाई खरिद गर्न दिइएको विषय संविधान विपरीत भएको दाबी गरिएको थियो ।