नियमित रिपोर्टिङ गर्न बैंकहरूलाई निर्देशन


नेपाल समाचारपत्र, काठमाडौं

कोरोना भाइरसको प्रभाव अध्ययन तथा मूल्यांकनका लागि भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नियमित रुपमा रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।

यसअघि लक डाउन शुरू भएलगत्तै राष्ट्र बैंकले परिस्थिति सामान्य भई कार्यालय नियमित खुलेको ७ कार्य दिनभित्र रिपोर्टिङ गर्ने व्यवस्था मिलाउन सक्ने गरी सहजीकरण गरेको थियो ।

तर केन्द्रीय बैंकले आफ्नो उक्त अघिल्लो निर्देशनलाई परिमार्जन गर्दै अबदेखि नियमित रुपमा समग्र बैंकिङ गतिविधिको जानकारी गराउन भनेको हो । राष्ट्र बैंकको नयाँ निर्देशनसँगै अब बैंकहरुका सबै कारोबार नियमित हुने अपेक्षा गरिएको छ ।