घनश्याम बगाले, नवलपरासी ।
जिल्लाको विनयी त्रिवेणी स्थित दुम्किबास खोलामा गुडिरहेको टेक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्ला बारा सिमरा घरभै हाल विनयी ३ कटुसघारी बस्ने वर्ष २६ को प्रमेन्द्र चौधरी रहेकाछन् ।
चौधरी लु ३ त ९१८३ नम्वरको टेक्टरबाट एकाएक खसेर घाइते भए थिए । घाईते चौधरीको चितवन जिल्ल भरतपुर स्थित नया मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले टेक्टर र टेक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाएको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।











प्रतिक्रिया