कोरियाबाट फर्केका धादिङमा एक युवकको ‘र्‍यापिड टेष्ट’मा कोरोना ‘पोजिटिभ’

0
Shares

न्युज अफ नेपाल,धादिङ ।

धादिङ ज्वालामुखी गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको र्‍यापिड डायग्नोष्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ ।धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्य चौकीमा गरिएको (यापिड टेस्टमा एकजना पुरुषमा कोरोना ‘पोजिटिभ’ देखिएको हो ।

(यापिड टेष्टमा पोजिटिभ नजिता देखिएका व्यक्ति दक्षिण कोरियाबाट गत फागुन २० गते घर फर्किएका थिए ।

विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा पोजिटिभ देखिएको ज्वालामुखीका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले न्यूज २४ लाई बताए।

उनलाइ जिल्ला अस्पताल धादिङबेसीको ‘आइसोलेसन’मा राख्ने तयारी भइरहेको छ ।प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने छ ।

(यापिड टेस्टको लागि धादिङमा ३०० किट ल्याइएको थियो । २४० ओटा परीक्षण भइसकेको छ ।