सप्तरीमा पनि भेटिए दुईजना कोरोना पोजिटिभ

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

भारतको दिल्लीस्थित निजामुद्दीन मरकजको जमातमा सहभागी भएका शंकास्पद सात जनाको सप्तरीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा
दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजिटिभ पाइएको हो । आठ जनाको समूहमा सहभागी भएकाहरुमध्ये दुई जनामा पोजेटिभ पाइएपछि सात जनाको मङ्गलबार राति राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब परीक्षण गरिएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा रणजित कुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार उक्त टोलीका एक सुरुङ्गा नगरपालिका एक जना रहेकामा विहान उनलाई स्वाब परीक्षणकालागि राजविराज ल्याईने छ ।

यसैबीच सप्तरीको डिमनस्थित मस्जिदमा ११ जना भारतीय भेटिएका छन्। उनीहरु लकडाउनभन्दा केही अघिबाटै उक्त मस्जिदमा बस्दै आएको र सबैजना भारतको इन्दौरका रहेको खुलेको छ।११ जना भारतीयलाई उक्त मस्जिदमै क्‍वारेन्टाइन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आनन्दकुमार ठाकुरले बताए।