परिक्षण बिनानै कोरोनाको संक्रमण देखिएको क्वारेन्टाईनबाट ११ जनालाई घर फर्काइएको खुलासा

0
Shares

सञ्जय कार्की,रौतहट ।

स्वाब परिक्षण बिनानै ११ जना लाई घर फकाईएको ईशनाथ नगरपालिकाको क्वारेन्टाइनमा सोमबार एक जना लाई कोरोना भाईरस संक्रमण भेटिएको हो । कोरोना भाईरसको संक्रमण भेटिएपछि घर फर्काइएका ११ जनाको पुन परिक्षण गरिने भएको छ ।
क्वारेन्टाईनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको समेत परिक्षण गरिने भएको छ ।

बसाई अबधि लाई १४ दिन आधार मानेर ईशनाथ नगरपालिका–४ स्थित औरयामा रहेको माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा बसेका ११ जना लाई गत चैत्र २७ गते घरफर्काइएको हो ।

ती ११ जनानै भारतको कलकता बाट घर आएपछि चैत्र १२ गते देखि क्वारेन्टाईनमा राखिएको थियो । गत सोमबार मात्रै ईशनाथ नगरपालिका–५ मोतिपुर निबासी एक १९ बर्षिय युबकमा कोरोना भाईरसको संक्रमण देखिएपछि सो क्वारेन्टाईनमा उच्च सतर्कता अपनाइएको छ ।

फोकल पर्सन हरेन्द्र गुप्ताका अनुसार सो क्वारेन्टाईनमा रहेकाहरुको (¥यापीड डायगोनिस्टिक (आरडीटी) गर्दा नेगेटिभ आएको छ तर थपपरिक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बाट पीसीआरका लागि टेक्निसियन आउने बताउनु भयो ।

ईशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले कोराना संक्रमणको लक्षण नदेखिएपछि १५ दिन क्वारेन्टाईनमा बसेको हुनाले ती ११ जना लाई परिक्षण नगरिकनै घर फर्काइएको बताउनु भयो ।

उहाँका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर बाट स्वाब परिक्षणका लागी चिकित्सकको टोली नआएपछि १४ दिनको बसाई अबधि लाई आधार मानेर प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेको अनुमतिमा उनीहरु लाई घर फर्काइएको बताउनु भयो । क्वारेन्टाईनमा बसेका एक जनामा कोराना भाईरसको संक्रमण देखिएपछि उक्त नगरपालिकाका बासिन्दा त्रसिद रहेका छन ।

परिक्षण नगरिकनै घर फर्काउनु गैर जिम्मेबारी कार्य भएको आरोप स्थानीयले लगाएका छन । प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरले क्वारेन्टाईनको प्रटोकल पुरा गरेको र साधनको अभावले त्यती खेर परिक्षण गर्न नसकिएको बताउनु भयो । उक्त क्वारेन्टाईनमा हाल २८ जना बस्दै आएका छन ।