न्युज अफ नेपाल, काठमाडाैँ ।
नेपाली कीर्तिमानी पाैडीबाज गौरिका सिंहले आफ्नाे बाबु (पिता) कोरोना संक्रमण भएरपनि निको भएको बताएकी छन् ।
कोरोना भाइरस संक्रमण भएका बाबु १४ दिन क्वारेन्टाइनमा बसेर उपचारपछि अहिले कोरोना मुक्त भएको गौरिकाले एक सामाजिक सञ्जालमार्फत बताएकी हुन् । गौरिकाले बाबु क्वारेन्टाइनमा रहेको बेला आफुलाई अत्यान्तै पीडा भएको तर अहिले निको भएको खबरले खुसी भएको प्रतिकृया दिएकी छन् ।
गौरिकाकी बाबु पारस सिंह बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)मा कार्यरत डाक्टर हुन् । नयाँ वर्षकाे शुभकामना दिँदै गौरिकाले पनि भनेकी छन् -‘मेरो बाबुलाई २ साता अघि कोरोना भाइरसको लक्षण देखिएको थियो । तर अहिले निकाे हुनुभयाे ।’












प्रतिक्रिया