न्युज अफ नेपाल, काठमाडौं ।
बतास अर्गनाइजेसनको सहयोगमा पशुपति क्षेत्र विकास कोष अलपत्र छाडा गाई र बाच्छा संरक्षण अभियानमा लागिरहेको छ ।
बतास अर्गनाइजेसनले आफ्नो परोपकारी संस्था बतास फाउन्डेसनमार्फत पशुपति क्षेत्र विकास कोषलाई ट्रक उपलब्ध गराएर सहयाेग गरेको हाे ।
जसमा बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास स्वयं यस अभियानमा सक्रिय छन् । गाईबाच्छा समाएर ट्रकमा राख्नेमात्र नभइ उनी ति गाईबाच्छालाई गन्तव्यसम्म पुर्याउन आफैं ट्रक चलाइरहेका छन् ।
अध्यक्ष बतासका अनुसार २ वटा ट्रक, एक पिकअप तथा ६ जना जनशक्तिसमेत उपलब्ध गराइएको छ ।
मंगलबार यो अभियानअन्तर्गत ४० खुला चौपाया समातिएको र एक साताभित्र ५ सय गाईबाच्छाको व्यवस्थापन गर्ने योजना रहेको छ । यसरी संकलित पशुलाई आश्रय दिने जनाइएको छ ।
हाल काठमाडौंको बालाजुदेखि काभ्रेको धुलिखेलसम्म गरी सो संख्याका गाई र बाच्छाको उद्धार गरिएको फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए ।
उद्धार गरिएका गाईलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको उत्तरी कुनामा रहेको कागेश्वरी मनोहरा नगरापालिका– ८ स्थित गोठाटारको बागमती किनारको चौरमा राखिएको छ । उद्धारमा फाउन्डेसनका अध्यक्ष बताससहित पशुपति क्षेत्र विकास कोषका अध्यक्ष डा. प्रदीप ढकाल, कोषाध्यक्ष डा. मिलन थापालगायत सक्रिय छन् ।
फाउन्डेसनले यसबीचमा अलपत्र मान्छेको समेत उद्धार गरेको छ । गाईको उद्धारमा जाँदै गर्दा लकडाउनका कारण बाटोमा दर्जनौँ बटुवा घर फर्किंदै गरेको भेटेर उनीहरूलाई ट्रकमा राखेर सिन्धुली छेउसम्म पुर्याइदिएको बतासले जानकारी दिए ।











प्रतिक्रिया