सिराहामा प्रहरी र स्थानीयबीच झडप,२३ राउण्ड हवाई फाइर


सुभेन्द्र दास, लहान । 

सिरहाको सिरहा नगरपालिका १७ पटेर्बामा प्रहरी र स्थानीयबीच झडप भएपछि अवस्था तनाब ग्रस्त स्थानिय भागाभाग भएको छ ।

अहिले कोरोना भाइरस विश्वभर त्रास फैलाएको अवस्थामा नेपाल सरकार कोरोनाको रोकथाम गर्नको लागि देशव्यापी गरेको छ । त्यसैक्रममा सिरहाको पटेर्वामा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले स्थानीयलाई कुटेपछि झडप भएको स्थानीयले जानकारी दिएको छ ।

झडपमा केहि सुरक्षाकर्मी घाईते भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी जयराज सापकोटाले जानकारी दिए । उनका अनुसार लकडाउनको पालना गराउन पुगेका प्रहरीमाथि स्थानीयले जाइलागेपछि झडप भएको हो । प्रहरीले २३ राउण्ड हवाई फाइर पनि गरेका छन् । उनले प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको बताए ।

उनले प्रहरीमाथि आक्रमण गर्नेहरुको खोजी भइरहेको पनि जानकारी दिए । अहिले भर्खर घटना भएकाले विस्तृत वितरण आउन नसकेको उनको भनाई छ । झडपपछि गाउँमा भागाभाग मच्चिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरे समेत घटनास्थल पुगेका छन् ।